काठमाडौं - सरकार नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओली नेतृत्वको वर्तमान सरकार अलोकप्रिय बन्दै गएको आरोप लगाएका छन् ।

नेता नेपालले गल कार्यशैलीका कारण सरकार अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । सरकारका कारण पार्टीकै साखमा गिरावट आएको उनको टिप्पणी थियो ।

सरकारको नेतृत्वले कामकारबाहीमा पार्टीसँग परामर्श नगरी एकलौटी निर्णय गर्ने गरेकामा नेता नेतालले आपत्ति जनाए । ‘सरकार चलाउनेले पार्टीसँग परामर्श नगरी एकलौटी काम गर्दा समस्या भएको छ’, पूर्वसांसद मञ्च नेपालको १९ औं वार्षिक साधारणसभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै नेपालले भने, ‘सरकार जनतामा अलोकप्रिय बन्दै गएको छ ।’ नेपालले सरकारमा भएकाहरुले सकरात्मक आलोचना ग्रहण गर्ने क्षमता राख्नुपर्ने उल्लेख गरे । पछिल्लो समय नेता नेपालले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीको सार्वजनिक रुपमै आलोचना गर्दै आएका छन् ।