एजेन्सी - कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । विश्वमै यस भाइरसले कारण हरेक क्षेत्रमा प्रभावित बनाएको छ । लाखौं मानिसले अकालमै ज्यान गुमाउनु परेको छ ।

चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिएको मानिने यो भाइरस विश्वका केही सिमित राष्ट्रहरुमा बाहेक हरेक राष्ट्रमा फैलिएको छ । यस भाइरसले गर्दा विश्वकै अर्थतन्त्रमा प्रतिकुल असर पुग्न गएको छ ।

कोरोनाविरुद्ध भ्याक्सिनको निर्माण तथा परीक्षण जारी छ । यो महामारीका कारण विश्वमा ३ लाख ६१ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ । विश्वमा ५९ लाख ६ सय २७ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्वका २५ लाख ७७ हजार २ सय २५ कोरोना संक्रमित निको भएका छन् । यस भाइरसको चपेटामा सबैभन्दा बढी अमेरिका परेको छ । अमेरिकामा १७ लाख ६८ हजार २ सय १६ मा कोरोना देखिँदा १ लाख ३ हजार ३ सय २९ ले ज्यान गुमाएका छन् ।

४ लाख ९८ हजार ७ सय २० ले कोरोनालाई पराजित गर्दै निको भएका छन् । अन्य सबैभन्दा बढी प्रभावित देशहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।