काठमाडौं - राजधानीको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार बिहान जारी गरेको सूचनामा काठमाडौंका संक्रमित ३५ वर्षिय पुरुष ग्रान्डीमा उपचाररत रहेको मन्त्रालयको उच्च स्रोतले बताएको छ ।

ग्रान्डी अस्पतालमा उपचाररत रहेको संक्रमितलाई थप उपचारको लागि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको आइसोलेसनमा ल्याउने भैरहेको बताइएको छ ।

साथै, ग्रान्डी अस्पतालबाट सिल गर्नेबारे तयारी भैरहेको छ । संक्रमितको कन्ट्र्याक्ट ट्रेसिङका लागि इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिइसकेको स्रोतले बतायो ।