समाजवादीको चुनावी प्रचारः डमी वाइडबडीसहित जुलुस निकालियो
पोखरा - आइतबार समाजवादी पार्टीले पोखरामा वृहत् प्रदर्शन गरेको छ । उपनिर्वाचनलाई लक्षित गरी उक्त प्रदर्शन गरिएको हो ।
समाजवादीले चिप्लेढुङ्गादेखि र्याली सुरु गरेको थियो । र्याली महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको छ । चुनावी र्यालीमा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका नेतारकार्यकर्ता उपस्थित छन् ।
र्यालीमा उपस्थित कार्यकर्ता तथा समर्थकहरुले लालपूर्जामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलको फोटो प्रदर्शनी समेत गरेका छन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएका पौडेललाई समाजवादीले विरोध स्वरुप प्रदर्शन गरेको हो ।
त्यस्तै डमी वाइडबडी र निर्मलाको पोस्टरमार्फत् सरकारको सांकेतिक विरोध गरिएको छ । चुनावी सभाअघि निकालिएको (यालीमा समाजवादीका कार्यकर्ताहरुले वाइडबडी विमानको प्रतीकात्मक (डमी) पोस्टरसहित प्रदर्शन गरेका हुन् ।
समाजवादीले कास्की-२ मा इन्जिनियर धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ । प्रतिनिधिसभा सदस्य पदका लागि भइरहेको उपनिर्वाचन अन्तर्गत कास्की–२ लाई प्रमुख राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । सत्तारुढ नेकपाले सो क्षेत्रमा पूर्वमन्त्री रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेसका तर्फबाट खेमराज पौडेल चुनावी मैदानमा उत्रिएका छन् भने साझाले रजनी केसीलाई उम्मेदवार बनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस