काठमाडौं - आज देशभर मौसम सामान्य रहने देखिएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव पर्ने देखिए पनि सामान्य रहने छ । भने तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ ।

सोमबार दिउँसो देशको पश्चिमी भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । तराईका केहि भू–भागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।

यसैगरी राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।