काठमाडौं- पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति धारिलो हतियार प्रयोग गरी हत्या गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।मधेस प्रदेशका प्रहरी नायव महानिरीक्षक यज्ञविनोद पोखरेलका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरमा उनको हत्या भएको हो ।

प्रहरीले मुचुल्का उठाएर शव पाेष्टमार्टमका लागि सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ । राय करिब ३० वर्षअघि राप्रपाबाट तत्कालिन सरकारको भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।तीनजनाको समूहले हत्या गरेको जनाइएको छ । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।