प्रधानसेनापति र सशस्त्रका आईजीपी कालापानी प्रस्थान
खबर एक्सप्रेस
२०७७-०३-०३ ०९:२२ मा प्रकाशित
Total Shares: 401
काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल कालापानी प्रस्थान गरेका छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार आज बुधबार बिहानै उनीहरु कालापानी क्षेत्र निरिक्षणका लागि प्रस्थान गरेका हुन् ।
भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस क्याम्प पनि निरिक्षण गर्ने बताइएको छ ।
स्रोतका अनुसार उनीहरु काठमाडौंबाट धनगढीसम्म स्काई ट्रकमा गएका छन् । त्यसपछि उनीहरु सेनाकै हेलिकप्टरबाट दार्चुलाको छाङरु जानेछन् ।
फेसबुक पेज Like गर्नुहोस