काठमाडौं - भारतको पश्चिम बंगाल सरकारले चारदिनदेखि नेपालसँगको नाका सील गरेको छ । नाका सील गरेपछि झापाको मेची नाकाको काँकडभिट्टा भएर अत्यावश्यक सामाग्रीको आयात निर्यात रोकिएको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै पश्चिम बंगाल सरकारले नाका बन्द गरेको हो । अत्यावश्यक बस्तुको समेत आयात रोकिएपछि झापा जिल्ला प्रशासनले सरकारलाई समेत यसको विषयमा जानकारी गराएको छ ।

अत्यावश्यक सामाग्री भने नरोक्न कुटनीतिक पहल भैरहेको बताइएको छ । यसअघिसम्म सो नाकाबाट ग्यास, तरकारी र खाद्यान्न लगायतका बस्तु आयात हुँदै आएका थियो ।