काठमाडौँमा होली खेल्न नपाइने
खबर एक्सप्रेस
२०७६-११-२२ ०२:०२ मा प्रकाशित
Total Shares: 361
काठमाडौं - विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीलगायतका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ।
बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले होली, भीडभाड, भेला, सम्मेलन जस्ता कार्यक्रम नगर्न आग्रह गरेको हो ।
जारी सूचनामा भनिएको छ, ‘संक्रमणबाट जोगिन सचेतना अनपाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रम नगर्न अनुरोध गरिसकेको सन्दर्भमा काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व ९होली लगायत० का कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुनसमेत सबैमा अनुरोध छ ।’
फेसबुक पेज Like गर्नुहोस