एजेन्सी - कर्नाटकमा बीदरमा एक स्कुलविरुद्ध देशद्रोहको मुद्धा दर्ता भएको छ । बीदरको शाहीन एजुकेशन इन्सिच्युटविरुद्ध आरोप लागेको हो । उक्त स्कुलले सिएए विरुद्ध नाटक मञ्चन गरेको थियो ।

नाटकका दौरान प्रधानमन्त्री नरेन्द्र मोदीको अपमान समेत गरिएको बताइएको छ ।  बीदर प्रहरीका अनुसार उक्त नाटक आइतबार मञ्चन गरिएको थियो । उक्त नाटकमा सिएए र एनआरसी लागु भएपछि देशबाट मुसलमानलाई देशबाट बाहिर निकालिने कुरा बताइएको थियो । साथै प्रधानमन्त्रीलाई लिएर असभ्य भाषा समेत प्रयोग गरिएको बताइएको छ । 

पछिल्लो समय भारतमा सिएए र एनआरसीलाई लिएर ठुलो विवाद चलिराखेको छ । शाहिन बागमा यसलाई लिएर लामो समयदेखि धर्ना दिदैँ आइरहेका छन् । उक्त नाटक फेसबुकबाटै लाइभ गरिएको थियो ।

प्रहरीले आइपीसी धारा ५०४, ५०५(२), १२४ ए र १५३ ए र ३४ अन्तर्गत मुद्धा दर्ता गराएको हो । निलेश नाम गरेका व्यक्तिले मुद्धा दर्ता गराएको मिडिया रिपोर्टमा उल्लेख छ ।