काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भेगको मौसम सामान्तया सफा रहने जनाइएको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात् पूर्वी तथा मध्य क्षेत्र लगायत अन्य पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती भने देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भूभागका केहि स्थानहरुमा साथै पूर्वी तराईका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।