डा. केसीको श्वास–प्रश्वासमा समस्या
काठमाडौं - २१ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको श्वास–प्रश्वासमा समस्या देखिएको छ । त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा सत्याग्रहमा रहेका डा. केसीको श्वास–प्रश्वासमा समस्या देखिएपछि उनलाई अक्सिजन सपोर्टमा राखिएको छ ।
डा. केसीसँगै रहेकी डाक्टर तोसिमा कार्कीले केसीको श्वास–प्रश्वासमा समस्या देखिएको हाल अक्सिजन सर्पोटमा राखिएको जानकारी दिएकी हुन् । डा. केसीको छाती पनि दुखिरहेको तोसिमाले बताइन् । तर, डो केसीले औषधि भने लिन मानेका छैनन् ।
चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयनको माग राखी जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि आमरण अनशनमा रहेका डा. केसीको जीवन रक्षाको माग गर्दै सरकारको विरोध भइरहे पनि सरकारले भने डा. केसीको माग समय सापेक्ष नभएको बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस