निजी प्रयोगशालालाई पनि पिसिआर परीक्षणको अनुमति, खर्च सरकारले व्यहोर्ने
खबर एक्सप्रेस
१९७०-०१-०१ ०५:३० मा प्रकाशित
Total Shares: 318
काठमाडौं - सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न अनुमित दिएको हो।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अहिले निजी प्रयोगशालामा सरकारले हाल संकलन गरेका नमूना परीक्षणका लागि दिने छ । उक्त परीक्षण गरे बापतको रकम सरकारले निजी प्रयोगशालालाई उपलब्ध गराउने छ ।
नेपालमा पछिल्लोसमय कोरोना संक्रमण बढ्दै जाँदा सरकारी प्रयोगशालाहरूले मात्र परीक्षण गर्न कठिन भएपछि सरकारले निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्ने अनुमति दिने निर्णय गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस