जनकपुर - प्रादेशिक अस्पताल जनकपुरधामबाट एक कोरोना संक्रमित व्यकित भागेका छन् ।

आइतबार विहानै आईसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति भागेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । सर्लाहीका ती ४० वर्षिय संक्रमित मानसिक स्थिति ठिक नभएकाले उनले पटक-पटक भाग्ने प्रयास पनि गरेका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

जनकपुरको कोभिड विशेष अस्पतालको आइसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० बढी बिरामी उपचारत छन्।