डिस्चार्ज भए दुई कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७७-०१-१० ०५:२३ मा प्रकाशित
Total Shares: 303
काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थप दुई जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय र कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर डिस्चार्ज भएको बताए ।
यो सँगै ७ जना कोभिड–१८ संक्रमित उपचारपछि घर फर्केका छन् ।
फेसबुक पेज Like गर्नुहोस