काठमाडौं,एजेन्सी - एलन मस्कले ट्विटर किनेदेखि नै सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्नो धेरै समय बिताउँदै आएका छन्। 

उनले ट्वीटरलाई नयाँ तरिकाले अगाडि बढाउने बताइरहेका छन् भने नयाँ फिचरहरु थप्ने जानकारी दिएका छन् । 

ट्वीटरमा उनका ११५ मिलियनभन्दा बढी फलोअर्स छन् र पछिल्लो समय लगभग हरेक अन्य पोष्टमा ट्वीटरसँग सम्बन्धित जानकारी साझा गर्दै आएका छन् ।  मस्कले अहिले ट्विटर ‘सुपर स्लो’ भएकोमा माफी मागेका छन् ।

मस्कले आफ्नो एक पोस्टमा भनेका छन्,‘ यो प्लेटफर्म धेरै देशहरूमा सुपर स्लो भइराखेको छ ।’  उनले अगाडि भने,‘म धेरै देशहरूसँग ट्विटर सुपर स्लो भएकोमा माफी माग्न चाहन्छु।’