काठमाडौं - कोरोना भाइरस महामारीका कारण मुलुक गत चैत ११ गतेबाट लकडाउनमा छ ।

पटकपकट गरि जेठ ३२ गते सम्म जारी लकडाउनका कारण यातायता, कलकारखाना, विद्यालय, महाविदयालयहरु पूर्ण रुपमा बन्द छन । लकडाउनको समायावधी बढाइएसँगै कोरोना संक्रमितहरु पनि दिन प्रति दिन बढ्दै गइरहेका छन । असार १६ गते सम्मका लागि हवाई उडानहरु स्थगित गरिएको छ । यसैबीच हवाइ उडान सुचारु गर्ने बारे सहमति भएको छ ।

आइतबार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका सीइओ उमेश राईबीच प्राधिकरणमा भएको बैठकमा असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने सहमति गरेका छन ।

बैठकले पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने, दोस्रो चरणमा देशका सबै स्थानमा हवाई सुचारु गर्ने र तेस्रो चरणमा अन्तराष्ट्रिय उडानलाई समेत सुचारु गर्ने सहमति भएको बुद्ध एयरका निर्देशक रुपेश जोशीले बताएका छन ।