एजेन्सी - कोरोनाभाइरसको कारण चीनमा ९ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारले दिएको जानकारी अनुसार हालसम्मा ४४० जनामा उक्त भाइरसको संक्रमण देखापरेको हो । 

ज्यानै जाने भाइरस देखापरेपछि सचेत रहन सरकारले जनताहरुलाई सचेत गराएको छ । त्यस्तै, सरकारले पनि यसको नियन्त्रणको लागि प्रयास गरिरहेको बताएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले भाइरसको नियन्त्रणको लागि आफूहरु संवेदनशिल रहेको बताएको छ । 

चीनमा भाइरस भेटिएपछि उत्तर कोरियाले पनि अस्थायी रूपमा विदेशी पर्यटकहरूका लागि आफ्नो देशको सीमा बन्द गरेको छ ।

अमेरिकामा पनि यो भाइरस भेटिएको छ । अमेरिकास्थित ‘द सेन्टर फर डिजिज कन्ट्रोल’का अनुसार पहिलो पटक चीनमा फेला परेको त्यो भाइरस चीनबाट सिएटल सहर आइपुगेका एकजना अमेरिकी नागरिकमा देखिएको हो ।