आँखामा खुर्सानीको धुलो छर्केर बालाजुबाट लुटियो ४८ लाख
खबर एक्सप्रेस
२०७६-१०-१२ ११:०० मा प्रकाशित
Total Shares: 388
काठमाडौं - काठमाडौंको बालाजुमा आँखामा खुर्सानीको धुलो छर्केर ४८ लाख रकम लुटिएको छ । महानगरीय अपराध महाशाखाकाको टोलीले लुटपाटमा संलग्न ६ जनालाई नै शनिबार साँझ पक्राउ गरेको छ ।
६ जनाको समूहले जमिनको बैनावापतको रकम बोकेर गएका बच्चुराम गुरुङको आँखामा खुर्सानीको धुलो छर्किएर ४८ लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । गुरुङ नेपाली सेनाका अवकाशप्राप्त सुवेदारसमेत हुन् ।
महाशाखाका स्रोतका अनुसार गुरुङले काभ्रेस्थलीमा रहेको जमिन किन्नका लागि बैनास्वरुप सो रकम बोकेका थिए । उनलाई पक्राउ परेकै समूहले जमिन देखाएको थियो ।
जमिनमै लगेर सो समूहले आँखामा खुर्सानीको घुलो हालेर रकम लुटेर फरार भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस