काठमाडौं - जिल्ला सुरक्षा समिति बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय गरेको छ । बैठकले सोमबार साँझ ५ बजेबाट ५ गते राति १२ बजेसम्म लागू हुने गरी जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।

सो नियम उल्लघंन गर्नेलाई आवश्यक कारबाही गरिने पनि बताइएको छ । तरकारी तथा खाद्यान्न किनमेलका लागि भने विहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याइएको छ । 

सोमबार मात्र जिल्लाको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जनामा कोरोना संक्रमण भेटिएको थियो । यससँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।