काठमाडौं - कोरोना भाइरसबाट संक्रमित भएपछि करिब ११ दिन अगाडि उपचारका लागि अस्पताल भर्ना भएका एक जना नेपालीको मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित भएका ६१ बर्षिय लोकेन्द्र कार्कीको मृत्यु भएको हो ।

शुक्रवार उनको उपचारका क्रममा निधन भएको बताइएको छ । 

बोल्डर कम्युनिटनी अस्पतालमा उपचारकाक्रममा उनको निधन भएको हो ।  उनका परिवारका केही सदस्य अमेरिकामा भए पनि श्रीमती भने नेपालमा रहेको जनाईएको छ ।