टेकु अस्पतालको आइसोलेसनबाट भाग्नेलाई श्रीमतीले अस्पताल पुर्याइन्
काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डबाट भागेका एक व्यक्तिलाई श्रीमतीले पुनः अस्पताल पुर्याएका छन् ।
दक्षिण कोरियाबाट फर्केका उनलाई कोरोनाभाइरसको आशंकामा बुधबार टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिए पनि उनी भने भागेका थिए ।
उनी भागेपछि प्रहरीले खोजी गर्दा धरानस्थित आफ्नै घरमा रहेको र श्रीमतीले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको आइसोलेसन कक्षमा सम्म पुर्याएकी छिन् ।
भागेका उनी बिहीबार दिउँसो विराटनगर ल्यान्ड भएर धरान पुगेका रहेछन् । प्रहरीले उनको खोजी गर्दा श्रीमतीले पुनः अस्पताल पुर्याएको पाइएको छ ।
उक्त व्यक्तिमा ज्वरो, रुघाखोकी केही समस्या नदेखिए पनि चिकित्सकले टेकुमा आइसोलेसनमा राखेकाले धरानमा पनि आइसोलेसनमै भर्ना गर्न लागेको हो ।
फेसबुक पेज Like गर्नुहोस