क्वारेन्टाइनमै युवतीमाथि बलात्कारको प्रयास
खबर एक्सप्रेस
२०७७-०१-१२ ०५:३५ मा प्रकाशित
Total Shares: 545
काठमाडौं - क्वारेन्टाइनमै एक युवतीमाथि बलात्कारको प्रयास भएको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर ६ को क्वारेन्टाईनमा रहेकी एक २२ वर्षीया युवतीमाथि गएराती बलात्कार प्रयास भएको प्रहरीले जनाएको छ ।
ती महिलालाई सरसफाई गर्ने कर्मचारी २८ वर्षीय सञ्जिव पासवानले बलात्कारको प्रयास गरेको बताइएको छ । ती युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस