सैनिक पोसाक लगाउन नागरिकलाई निषेध !
खबर एक्सप्रेस
२०७६-०४-१७ ११:०० मा प्रकाशित
Total Shares: 478
काठमाडौं – नेपाली सेनाले प्रयोग गर्ने पोसाकको जथाभावीरुपमा प्रयोग हुन थालेपछि सरकारले नेपाली सेनासँग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोसाक जथाभावीरुपमा प्रयोग गर्न थालेपछि बिक्री–वितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।
पछिल्लो समय नेकपा विप्लव समूहले समेत सेनाले प्रयोग गर्ने पोशाक लगाएर विस्फोट गराउने, प्रहरीमाथि आक्रमण गर्नेजस्ता गतिविधि गरेपछि सरकारले सैनिक पोसाकको प्रयोगमा निषेध गर्ने नीति लिएको पनि समाचारमा उल्लेख छ ।
नेपाल समाचारपत्र दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस