काठमाडौं - सरकारले नेपाल(भारत पारवहन सन्धि पुनरावलोकका लागि समिति गठन गरेको छ। मंसिर ५ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठनको निर्णय गरेको हो। 

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् निर्णय सार्वजनिक गरेका हुन्। ‘। नेपाल-भारत पारवहन सन्धि पुनरावलोकनसम्बन्धी सहसचिवस्तरीय बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ’, प्रवक्ता बाँस्कोटाले भने।  सँगै मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ।