काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेम्डिसिभिर औषधि आयातका लागि नेपालका दुई र एक भारतीय कम्पनीलाई आयात तथा बिक्रि-वितरणका लागि अनुमति दिएको छ।

मन्त्रालयले भारतमा रहेको हेट्रो ल्याब्स् लिमिटेड, ललितपुरमा रहेको यति फार्माकेम डिस्ट्रब्युर्टस प्रालि, काठमाडौंमा रहेको सिनर्जी ओभरसिस् प्रालिलाई रेम्डेसिभिर औषधि आयात र बिक्रीका लागि अनुमति दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले उक्त औषधि प्रयोग गरिरहेका कोभिड-१९ उपचार गर्ने अस्पतालले चिकित्सकको सिफारिसमा माथि उल्लेखित सूचीकृत फर्म/फार्मेसीमा सम्पर्क राख्नुपर्ने बताए।