मन्थलीमा मिनिबस दुर्घटना, १५ जना घाइते
काठमाडौं - काठमाडौंबाट दोलखा जाँदै गरेको मिनीबस रामेछापको मन्थलीमा दुर्घटना हुँदा करिब १५ जना घाइते भएका छन् ।
दोलखाको जफेतर्फ जाँदै गरेको बा २ ख ६८१८ नम्बर मिनिबस मन्थली नगरपालिका-६ कुनौरी मोडमा बुधबार बिहान ४ बजे दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवम् प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए।
उनकाअनुसार घाइते १५ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। बसमा बच्चासहित ३९ जना सवार रहेको पौडेलले बताए। उनीहरुलाई अर्को सवारीमार्फत गन्तव्यमा पठाउने तयारी भइरहेको उनले बताए।
एक्कासी ब्रेक फेल भएर बस सडकको दाहिने साइडको नालामा फसेको हो । प्रहरीले तामाकोसी गापा-३ जफेका बस चालक मनबहादुर खत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस