आइतबार २ हजार २५३ नयाँ सङ्क्रमित थपिए, १ हजार ३२९ जना डिस्चार्ज
काठमाडौं - देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार २५३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २५३ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ३२९ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६४ हजार ६९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ०७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ७४ हजार ४४८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १० हजार ३२६ जना र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् । आजसम्म देशभर ४ हजार २०३ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२६ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ८६ हजार ८१३ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस