अफगानिस्तानमा सैनिक कारबाहीमा १८ लडाकूकको मृत्यु
खबर एक्सप्रेस
२०७६-१०-२५ ११:०० मा प्रकाशित
Total Shares: 316
एजेन्सी - अफगानिस्तानको पूर्वी लघमान प्रान्तमा दुई साताको अवधिमा सेनाको कारबाहीमा एक जना तालिबानी कमान्डर सहित कम्तीमा १८ तालिबानी लडाकूको मृत्यु भएको छ ।
सेनाद्वारा जारी विज्ञप्तिमा तालिबानका स्थानीय कमान्डर मुल्लाह ब्रादारको मृत्यु भएको उल्लेख छ । कारबाहीका क्रममा अलिसिङ जिल्लाका तालिबानका छाया गभर्नर क्वारी मेराजुद्दीन समेतका अरु दर्जनौं लडाकू घाइते भएका छन् । उक्त सैनिक कारबहीमा लडाकू बिमानको पनि प्रयोग गरिएको सेनाले जनाएको छ ।
दर्जनौं गाउँ तालिबानीको कब्जाबाट मुक्त गर्न सफल उक्त सैन्य कारबाहीका क्रममा चार जना सैनिक पनि घाइते भएको सेनाले जनाएको छ । उक्त कारबाही र क्षतिका बारेमा तालिबान समूहले केही बताएको छैन ।
फेसबुक पेज Like गर्नुहोस