काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादललाई कारवाही गरेको छ । माओवादी केन्द्रले गृहमन्त्री थापालाई पार्टीबाट हटाएर कारवाही गरेको जनाएको छ ।

माओवादीले बादलले पार्टी त्यागेको जानकारी संसद् सचिवालयलाई दिएको बताइएको छ । माओवादी केन्द्रका अनुसार गृह मन्त्री थापालाई कारबाही गरिएको पत्र आज दिउँसो दर्ता भएको छ ।

यो कारवाहीपछि अब बस्ने राष्ट्रियसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐन अनुसार गृहमन्त्री बादलको राष्ट्रियसभा सदस्य पद रिक्त हुने बताइएको छ । यसअघि माओवादी केन्द्रले प्रतिनिधिसभाका सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीलाई कारवाही गरिसकेको छ ।