कालिमाटी र बल्खुमा वाणिज्य विभागको छापा
खबर एक्सप्रेस
२०७६-०४-०३ ११:०० मा प्रकाशित
Total Shares: 860
काठमाडौं - वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले कालिमाटी र बल्खुस्थित तरकारी बजारमा छापा मारेको छ ।
बाढीपहिरोका कारण तरकारीको अस्वभाविक मूल्य बढाइएको र बिचौलिया सक्रिय भएको भन्दै विभागले शुक्रबार बिहान ४ बजेदेखि छापा मारेको हो ।
वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौतमका अनुसार विभागका उपसचिव शोभाकर रेग्मीको नेतृत्वमा बल्खु र कालिमाटीमा दुई अलग–अलग अनुगमन टोलीले छापा मारिरहेका छन् । विभागका अनुगमन निर्देशक दीपक पोखरेल कालिमाटीमा र पवन प्याकुरेल बल्खुमा अनुगमन टोलिको नेतृत्व गरिरहेका छन्।
विभागले तरकारीको आपूर्तीमा सहज हुँदाहुँदै व्यवसायीले अस्वभाविक मूल्य वृद्धि गरेको र ढुवानीकर्ता तथा बिचौलियाले बिल र रसिद जारी नगरी कारोबार गरिरहेको पाइएपछि अनुगमन थालिएको छ ।
फेसबुक पेज Like गर्नुहोस