दार्चुलाको छाङ्गरूमा सशस्त्र प्रहरीको बीओपी स्थापना
खबर एक्सप्रेस
२०७७-०१-३१ ०६:५५ मा प्रकाशित
Total Shares: 278
काठमाडौं - दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी लगेर आज दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा बिओपी स्थापना गरिएको हो । लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि बुधबारदेखि २५ जनाको सशस्त्र प्रहरी टोली खटिएको छ ।
भारत सरकारले नेपाली भूमि लिपुलेक हुँदै एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि अहिले नेपालमा चौतर्फी विरोध भइरहेको छ।
फेसबुक पेज Like गर्नुहोस