काठमाडौं - सिरहामा पहिलो पटक कोरोना भाइरसको संक्रमण भेटिएको छ । शनिबार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनाअनुसार जिल्लाको सखुवा-१९ मा ३० वर्षिय पुरुषमा संक्रमण भेटिएको हो ।

उनीसँगै बर्दिया, पर्सा, सर्लाही र चितवनका अन्य ५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

Image may contain: text