काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वका अवसरमा स्वेदश तथा विदेशमा बसेर छठ पर्व मनाउने सबैप्रति सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

छठ पर्वको अवसरमा शनिबार एक शुभकामना सन्देश जारी गर्दै उनले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रूपमा स्मरण गरेका छन् ।

‘यो कृतज्ञता र प्रकाशको चाड हो । यो न्यानोपनको चाड हो । यो जीवनको र सृष्टिको चाड हो’, उनले सन्देशमा भनेका छन्, ‘यो सम्पूर्ण सृष्टिप्रति सर्वाधिक बढ्ता योगदान र गुण भएका सूर्यको स्तुति गर्ने चाड हो र यसले मानवीय भावनालाई वास्तविक अर्थमा व्यापक बनाउन मद्दत गर्ने चाड हो ।’

प्रधानमन्त्री ओलीले छठपर्वले मानव जीवनलाई उज्यालो तथा सुख समृद्धितर्फ जान उत्प्रेरित गर्ने बताएका छन् ।