काठमाडौं, जाजरकोट - जाजरकोटको जुनीचाँदे गाउँपालिका १, औलभीरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

भे १ ज ९३५ नंम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा जुनीचाँदे वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, स्थानीय खिमबहादुर शाही, कृष्णबहादुर शाही, मालिका बस्नेत र बुद्धिबहादुर शाहीलगायत ६ जनाको मृत्यु भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्तकुमार पन्तले जानकारी दिए । 

एकजनाको पहिचान खुलेको छैन । जिप औलभीरस्थित सडकबाट ७ सय मिटर तल मजकोट खोलामा खसेको छ ।