काठमाडौं - प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा बहस गर्न आउन निम्तो दिएका छन् । 

बिहिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले तीन वर्षमा भएको विकासबारे प्रधानमन्त्रीसँग बहस गर्न आफू तयार रहेको बताएका हुन् ।  ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु । तपाईको कार्यकालमा के-के विकास भए भनेर’ थापाले भने ।

उनले बालुवाटारबाट प्रधानमन्त्री ओलीले गरेको सडक शिलान्यासको आलोचनासमेत गरेका छन् । विना योजना र आर्थिक जोहोविना हच्चुवाको भरमा शिलान्यास गरेको थापाको भनाई छ ।