काठमाडौं - सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीशको सुशीला सिङ शिलुको शुक्रबार निधन भएको छ। ललित्पुरको मेडिसिटी अस्पतालमा उपचारकोक्रममा सिङको निधन भएको हो।

एक सातादेखि बिरामी परेकी ८१ वर्षीय सिङको उपचारका क्रममा उनको निधन भएको हो।  उनी महिलातर्फ पहिलो न्यायाधिश, वरिष्ठ अधिवक्ता र  सर्वोच्च बारको संस्थापक उपाध्यक्ष थिइन्। उनी २०५८ साल वैशाखदेखि २०६३ सालसम्म  सर्वोच्चको न्यायाधीश बनेकी थिइन्।

त्यसपछि उनीराष्ट्रिय मानवअधिकार आयोगको सदस्य पनि भएकी थिइन् । १९९६ साल फागुन२२ गते काठमाडौंको पकनाजोल मा उनको जन्म भएको थियो।

उनका पति र दुर्इ छोरा छन्। उनले छोरीको अधिकार, महिला हक, समानता, मानव अधिकार, वैयक्तिक स्वतन्त्र्तामा स्मरणीय फैसला छन्। उनले कानुन व्यवसायका क्रममा असहाय सेवा केन्द्र स्थापना गरी पीडित महिलाको पुनर्स्थापना सहयोगमा समेत जुटेकी थिइन्।

सिङको शनिबार दाहसंस्कार गरिने भएको छ। सर्वोच्च अदालत बारका सचिव सुभराज आचार्यले निधनको पुष्टि गर्दै सिङ इमानदार, निर्भिक छ र न्यायप्रति निस्ठावान छवी रहेको बताए।