सुडान घाेटालाका एजेन्ट भारती पक्राउ
काठमाडौं – चर्चित सुडान घोटाला काण्डका दोषी शम्भु भारती पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ललितपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।
विशेष अदालत काठमाडौंले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट शम्भु भारतीसहित तीन पूर्व तथा वर्तमान प्रहरी अधिकारीसँग असुल गर्न निर्देशन दिएको थियो ।
केन्द्रीय अनुसन्धान व्युरो (सीर्आइबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रामदत्त जोशीले भारतीलाई पक्राउ गरेको पुष्टि गरे ।
उनले भने, ‘नियन्त्रणमा लिइएका भारतीलाई फैसला कार्यान्वयनका लागि आजै सर्वोच्चमा बुझाउँदै छौं ।’
सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो । भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक थिए ।
यही कम्पनीबाट खरिद भएको सामानमा अनियमितता भएको सार्वजनिक भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस