मोटरसाइकलमा दुई जना चढ्न पाइने, जोरविजोर प्रणाली लागू
खबर एक्सप्रेस
२०७७-०३-०१ ११:०० मा प्रकाशित
Total Shares: 312
काठमाडौं - काठमाडौं उपत्यकालगायत देशभर आजदेखि मोटरसाइकलमा जोर बिजोर प्रणाली लागू भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार मोटरसाइकलमा दुई जना चढ्न पाउने छन् ।
लकडाउनको नयाँ व्यवस्था अनुसार देशभर जोरबिजोर प्रणाली लागू भएपछि, जोर गतेका दिन जोर नम्बर प्लेट र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएका सवारी साधन चल्ने नियम बनाइएको छ ।
सवारी साधनमा भएको नम्बर प्लेटको अन्तिम अंकको आधारमा जोर र बिजोर छुट्याइएको ट्राफिक प्रहरीले जनाएको छ । जसअनुसार आज बिजोर नम्बर प्लेटका निजी सवारी साधन मात्र चल्न चल्न पाएका छन् ।
निजी ४ पाङ्गग्रे सवारी साधनमा भने चालक सहित ३ जना सवार हुन पाउने छन् ।
फेसबुक पेज Like गर्नुहोस