थप ४५१ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ६ हजार नाघ्यो
खबर एक्सप्रेस
२०७७-०३-०१ ०४:३४ मा प्रकाशित
Total Shares: 318
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमितमध्ये एक हजार ४१ जनाले कोरोना जितेर घर फर्किएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।
पछिल्लोसमय ६७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट १९ जनाको ज्यान गइसकेको छ । संक्रमण पुष्टि भएका जिल्लाको संख्या ७३ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस