काठमाडौं - कार्यरत दुई प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि महानगरीय प्रहरी वृत्त कालीमाटी सिल गरिएको छ ।

लकडाउनको बेला फिल्डमा खटिएका ती संक्रमित प्रहरीको सम्पर्कमा आएका दुई सय प्रहरीलाई क्वारेन्टाइनमा राखेर परिक्षण गर्नुपर्ने भएकोले सिल गरिएको प्रहरीको उच्च स्रोतले बताएको छ । प्रहरी नायव निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमित व्यारेकमा बस्थे। उनीसँगै ९१ जना अन्य प्रहरी पनि सोहि ब्यारेकमा बस्ने गरेको प्रहरीले जनाएको छ ।