काठमाडौं - शनिबार बिहानै काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ११ सय ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर होल्ड गरेको छ ।

प्रहरीले आज बिहान ८ बजेसम्ममा उपत्यकाभित्रबाट ११ सय ५ जनालाई नियन्त्रणमा लिएकोमा ८ सय ३४ जना पुरुष र २ सय ७१ जना महिला रहेको जानकारी दिएको छ।

लडकाउनको समय लम्बिदै जाँदा सडकमा देखिने मानिसको संख्या पनि बढिरहेको प्रहरीले जनाएको छ ।

यसरी प्रहरीले नियन्त्रणमा लिएका मानिसलाई सडकमा तीन घण्टासम्म नै होल्ड गराउँछ । त्यस्तै प्रहरीले १ सय ५ वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ।