धनगढीका अर्का कोरोना संक्रमित युवक पनि निको भएर घर फर्किए
काठमाडौं - सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवक निको भएर घर फर्किएका छन् । उनी कोरोना जितेर घर फर्कने पाँचौँ व्यक्ति पनि भएका छन् । यसअघि चार जना स्वस्थ भएर घर फर्किसकेका छन् ।
ती युवाको चौथो र पाँचौं परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले पुष्टि गरेको छ । अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीका अनुसार दुबईबाट फर्केका ती युवाको पछिल्लो २४ घण्टामा गरिएको २ वटा परिक्षण नै नेगेटिभ आएपछि अस्पतालकै गाडीमा राखेर उनलाई घर पठाइएको हाे ।
गत चैत १४ गते उनीमा कोरोना पोजेटिभ देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । यसअघि सेतीमै उपचाररत लम्कीका २१ वर्षीय संक्रमित युवक पनि डिस्चार्ज भएका थिए।
हालसम्म नेपालमा ४० जनामा काेराेना संक्रमण देखिएकाे छ । जसमध्ये ५ जना निकाे घर फर्किसकेका छन् भने बाँकी उपचाररत छन् ।
फेसबुक पेज Like गर्नुहोस