काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार पछिल्लो २ पटकको प्रयोगशाला परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई बिहीबार डिस्चार्ज गरिएको हो ।

उनका अनुसार डिस्चार्ज हुनेमा ३ महिला र एक पुरुष छन्। योसँगै नेपालमा कोरोना उपचारपछि निको हुनेको संख्या ४९ पुगेको छ ।