काठमाडौं - आफ्नै साथिको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । बंगलादेशी नागरिक तथा साथि अहमद मोहिउद्दीन अहमदको हत्या गरेर फरार रहेका दुला मियालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई नेपाल–भारत सीमा काँकडभिट्टाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परे लगत्तै उनलाई गएराति नै काठमाडौंतर्फ ल्याइएको छ ।

नेपाल प्रहरीका एसएसपी उत्तम सुवेदीले पत्रकार सम्मेलन गरेर बंगलादेशी नागरिक हत्यामा संलग्न व्यक्ति सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।