रामेछापका कोरोना संक्रमित ३० वैशाखमा काठमाडौं आएको पुष्टि
खबर एक्सप्रेस
२०७७-०२-०७ १२:०६ मा प्रकाशित
Total Shares: 301
काठमाडौं - रामेछापका कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्ति हाल काठमाडौंमा रहेको पाइएको छ ।
खाँडादेवी गाउँपालिका–१ का उनी वैशाख ३० गते काठमाडौं आएका थिए र, कोरोना परीक्षण गर्न थ्रोट स्वाब दिएका थिए । उनको रिपोर्ट पोजेटिभ आएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माकाअनुसार अहिले संक्रमितको घर भएको क्षेत्रलाई सिल गरिएको छ ।
परिवारका ८ जना र नजिकको सम्पर्कमा आएका ७ जनाको थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस