रुकुम पश्चिम - रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा गएको जेठ १० गते शनिबार भएको घटनामा बेपत्ता भएका ६ जनाकाे शव भेटिएको छ । मंगलबार थप एक जनाको शव फेला परेसँगै बेपत्ता भएका ६ जनाकै शव भेटिएको हो ।

मंगलबार भेरी नगरपालिका ११ का गोविन्द शाहीको शव भेटिएको हो । शाहीको शव जाजरकोटको भेरी नगरपालिका १२ को खोदा खोलानजिक भेटिएको उनका आफन्तले बताएका छन् ।

भेरी नगरपालिका ४ का नवराज विकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला भएको घटनामा ६ जनाले ज्यान गुमाएका हुन् ।