काठमाडौं - तयारी नपुगेका भन्दै मंगलबार स्थगित गरिएको नेपाल कमयुनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बुधबार फेरी बोलाइएको छ ।

नेकपा स्रोतका अनुसार बैठक बुधबार बिहान ११ बजे बस्नेछ । यसअघि मंगलबार दिउँसो ३ बजेका लागि बोलाएको सचिवालय बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरेको थियो ।

बैठकमा पोलिटब्यूरो गठन, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटि, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटि लगायतका साङ्गठनिक जिम्मेवारुी बाँडफाँडका विषयमा टुङ्गो लगाउने विषयमा छलफल हुने कार्यसूचि छ ।