प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै, भेन्टिलेटरबाट हटाइयो
खबर एक्सप्रेस
२०७६-०८-११ ११:०० मा प्रकाशित
Total Shares: 729
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ । उनलाई बुधबार बिहान भेन्टिलेटरबाट पनि हटाइएको छ ।
हिजोको भन्दा स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र आज बिहानदेखी भेन्टिलेटरबाट पनि हटाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार ओलीको एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएपछि शल्यक्रिया गरिएको थियो ।
प्रधानमन्त्री ओलीको ‘ल्याप्रोटोमी’ र ‘एपेन्डिक्टोमी’ लगायतका विधिबाट उपचार गरिएको थियो । चिकित्सकहरूका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने छ ।
फेसबुक पेज Like गर्नुहोस