काठमाडौं - अविरल वर्षाका कारण घर भत्किँदा काभ्रेमा दुई जनाको मृत्यु भएको छ

जिल्लाको बनेपा नगरपालिका ३ नाला भन्ने ठाउँमा माथिबाट खसेको पहिरोले घर थिच्दा रामप्रसाद दंगालकी श्रीमती गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको काभ्रेका एसपी जयराम सापकोटाले जानकारी दिए ।

पहिरोबाट रामप्रसादकी बुहारी सुशिला दंगाल र तीन महिनाकी नातिनी अनुष्का घाइते भएका एसपी सापकोटाले बताए ।